समाचार

पूर्वगृहमन्त्री घिमिरे त्रिशुलीमा वेपता भएपछि प्रचण्डले दिए यस्तो निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व गृहमन्त्री माधव घिमिरेको त्रिसुली नदीमा खसेर वेपत्ता भएको घटनामा आफु स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो ट्वीटर अकाउन्ट स्टाटस् लेख्दै सो प्रतिक्रिया दिएका हुन् ।  ट्वीटरमा प्रधानमन्त्रीले घिमिरे सवारी दुर्घटनामा परेको खबरप्रति आफु स्तब्ध भएको र सो घटनाको खोजीकार्यमा सम्बन्धित प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन् ।

नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् । आइतबार गोसाइकुण्डको तीर्थयात्रा सकेर मुग्लिनहुँदै काठमाडौँतर्फ आउँदै गरेको घिमिरे चढेको बा ९ च १५३१ नंको स्करपियो गाडी चितवनको दाह्रेचोकमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो ।

सो दुर्घटनामा घिमिरेका आधिकांश परिवारका सदस्यहरु परेका छन् । उनकी आमा लगायत तीन जनाको शव भेटिएको छ भने घिमिरे लगायत उनका २ जना भाई वेपत्ता रहेका छन् ।