राजनीति

पौडेलपक्षको अनामनगरमा भएको छुट्टै भेलाले यस्तो निर्णय गर्यो

तुलसा खनाल।
कठ्माण्डौ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संबिधानसँसोधनको बिषयमा सभापती शेरबहादुर देउवासंग पार्टीको आधिकारीक धारणा माग गरेको छ ।

आईतबार काठ्माण्डौको अनामनगरमा बसेको रामचन्द्र पौडेल पक्षीय भेलाले पार्टीका निर्णयहरु एकलौटी गर्ने गरिएकोले संबिधानसँसोधन जस्तो बिषयमा केन्द्रीय समिटिको बैठक बसेर टुँगो लगाउन सभापती शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

त्यसपछि स्थानीय निकायको निर्बाचनको बिषयमा समेत आधिकारीक धारणाका बिषयमा छलफल गर्नेगरी केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने बिषयमा कुरा भएको पौडेल पक्षीय नेता बद्री पाण्डेले सुर्यखबरलाई बताए ।