अन्तर्राष्ट्रिय

अमेरिकामा पहिलोपटक अफ्रिकी–अमेरिकी संग्राहलय खुल्यो

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले पहिलो अफ्रिकी–अमेरिकी इतिहास संग्रालयको उद्घाटन गरेका छन् । करिब ५४ करोड डलरको खर्चमा निर्माण भएको सो संग्रालयको ब्रिटिश आर्किटेक्ट डेभिड आजेले डिजाइन गरेका हुन् ।

अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति समेत रहेका राष्ट्रपति ओवामाले यो संग्राहलयको उद्घाटन गर्दै यसले स्वतन्त्रता तर्फको साझा यात्रा दर्शाउने स्पष्ट पारे ।

सो संग्राहलयको उद्घाटन समारोहमा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुश पनि उपस्थित थिए । उक्त समारोहमा बोल्दै राष्ट्रपति ओबामाले अफ्रिकी अमेरिकीहरुको इतिहास अमेरिकी कथाको किनारामात्र नभई केन्द्रिय पक्ष समेत भएको उने बताए ।