पु.समाचार

पार्टीभित्रको गुटबन्दी रोक्न एमालेको यस्तो तयारी

काठमाडौं । एमाले भित्र मौलाएको गुटबन्दी रोकन पार्टीको नियमावली नै संशोधन गर्ने निर्णय गरेको छ । केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने निर्णयमा पुगेको हो ।

केन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय गरेको छ ।

एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न पनि निषेध गरेको छ । पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानलमा निर्वाचन लड्न नपाइने व्यवस्था गरिएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताए भन्दै आइतबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।