पु.समाचार

यसरी पठाउँदैछ कांग्रेसले राज्यमन्त्रीहरु

काठमाण्डौ । कांग्रेसले सरकारमा जाने सात राज्यमनत्रीको नाम तय गर्दैैछ । कांग्रेस सभापति देउवानिकट श्रोतका अनुसार सोमबार वा मंगलबारसम्म राज्यमन्त्री थपिने बताइएको छ । कांग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरुले पनि राज्यमन्त्री बन्न लविङ गरिरहेका छन ।

केन्द्रीय सदस्य भएकाहरुले भने राज्यमन्त्रीमा जान चासो देखाएका छैनन् । राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता हेरेर निर्णय गर्ने भएका छन् ।

खासगरी गृह राज्य मन्त्री बन्न धेरै सांसदहरुले प्रयास गरिरहेका छन् । वर्तमान गृहमन्त्री विमलेन्द्र निधि मन्त्रालयको काममा भन्दा अन्य काममा बढी व्यस्त हुने भएकाले गृहराज्य मन्त्रीले धेरै अधिकार पाउने आशामा पनि उनीहरु गृह राज्य मन्त्रीका लागि दौडधुप गरिरहेका छन् भन्दै आइतबारको राजधानीमा समाचार प्राकशित छ ।