आर्थिक

नेपाली यार्सागुम्बाको मुख्य बजार चीन

काठमाडौं । नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ ।व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ ।

yarsa-gumaba

गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

चीनमा ६८ प्रतिशत अर्थात ४५ करोड ७९ लाख र हंकङमा २६ प्रतिशत को यार्चागुमबा निर्यात हुने गरेको छ ।

केन्द्रका प्रवत्ता सुवश खानलले यार्चागुम्बाबाट विभिन्न औषधिजन्य वस्तु उत्पादन हुने भएकाले विदेश बढी निर्यात हुने बताएको भन्दै आइतबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।