पु.समाचार

चन्दा सँकलन गर्ने कार्यकर्ता रिहापछि, माओबादीद्वारा आईतबार घोषणा गरिएको बन्द फिर्ता

सुर्यखबर सँबाददाता,

काठमाडौं । कलेजमा चन्दा सँकलन गर्न गएकाबेला पक्राउ परेका क्रान्तिकारी माओबादीका केन्द्रीय सदस्य शीबराम यादब सहित चार जना कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेपछि मोहन बैद्य नेतृत्वको माओबादीले आईतबार गर्ने भनिएको उपत्यका बन्द फिर्ता लिएको छ ।

स्वेच्छिक रुपमा चन्दा लिदा माओबादीका आफ्ना कार्यकर्ताहरु पक्राउ परेका र राज्यले पक्राउ गरेको आरोपमा बैद्य माओबादीले आईतबार उपत्यका बन्दको आह्वान गरेको थियो । झुटा आरोपमा प्रहरी हिरासतमा रहेका कार्यकर्ता छुटेका कारण बन्द फिर्ता लिएको माओबादी बैद्यका प्रपक्ता हरिभक्त कक्डेलले बताएका छन् ।

कलंकीको जिजी कलेजमा चन्दा सँकलन गर्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।