पु.समाचार

नेपाल प्रहरीले तोक्यो नयाँ प्रवक्ता

काठमाण्डौ । नेपाल प्रहरीले डिआइजी हेमन्त मल्ललाई नयाँ जिम्मेवारी दिएको छ । प्रहरीले मल्ललाई प्रवक्ताका रुपमा नयाँ जिम्मेवारी दिएको हो । केही समयअघिसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी सम्हालिरहेका मल्ल केही साताअघि मात्र प्रहरी प्रधान कार्यालयमा सरुवा भएका थिए ।

नेपाल प्रहरीभित्रका अर्को महत्वपूर्ण विभाग अनुसन्धान व्यूरोमा रहँदा उनले रानीबारी हत्याकाण्डका दोषीहरुलाई समेत पक्राउ गर्न सफल भएका थिए । उनले त्यस्ता थुपै घटनाहरुमा संलग्न दोषीहरुलाई पक्रन सफल भएका थिए । मल्ल नेपाल प्रहरीभित्रका इमान्दार प्रहरी अफिसरहरुमध्ये एक हुन् ।