समाचार

सुनसरी सचिबमा सचिवमा कसजु

सुर्यखबर सँबाददाता,
धरान । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघ सुनसरीको सचिवमा मन्जिल कसजुलाई चयन गरिएको छ । कांग्रेसको धरान उप–महानगरको सहसचिव समेत रहेका कसजु विद्यार्थी जीवन देखि नै नेपाली कांग्रेसमा सकृय रहंदै आएका थिए ।

जिल्ला सचिवमा चयन भएपछि खुशी व्यक्त गर्दै उनले समावेशी कांग्रेस निर्माण गर्न र पाटीमा सबैको समान प्रतिनिधित्व तथा पहुंचका लागि सार्थक योगदान गर्ने बताए ।