अन्तर्राष्ट्रिय

केही वर्षभित्रै नेपाल–तिब्बत सीमामा चीनको यत्रो लगानी

एजेन्सी– चीन सरकारले त्यहाँको पछिल्लो १२ औं पञ्चवर्षीय योजनामा नेपाल–चीन सीमामा मनग्य आर्थिक लगानी गरेको तथ्यांक बाहिर आएको छ । चीनले पछिल्लो एक वर्षमा मात्र नेपाल–तिब्बत सीमानामा २४ करोडभन्दा बढी चिनियाँ युआन लगानी गरेको जनाएको हो । उक्त रकम सीमा बजारको निर्माण र आधारभूत प्रवन्धमा खर्च गरेको बताइएको छ ।

चीनले नेपाल–तिब्बत नाकाका तातोपानी, फुलान र चिलोङ लगायतका नाकामा त्यति धेरै लगानी गरेको जनाएको छ । चीनको तिब्बत स्वायत्त प्रदेश र नेपाली आर्थिक व्यापारिक समन्वय समितिको सातौं सम्मेलनलाई ल्हासामा सम्बोधन गर्दै तिब्बत स्वायत्त प्रदेश जनसरकारका उपमहासचिव ह चोङ ह्वाले सन् २००९ मा यी २ देशबीच आर्थिक व्यापारिक समन्वय समिति व्यवस्थाको स्थापना भएयता दुवै पक्षको आर्थिक र व्यापारिक विकासमा धेरै उपलव्धीहरु हुँदै आएको बताए ।

सम्मेलनमा चीन र नेपालबीच आर्थिक र ब्यापारिक सहयोगमा नयाँ नयाँ अवसरहरु देखापरेको समेत बताइएको थियो ।

यो सम्मेलनमा दुवै पक्षले ब्यापारिक लगानी, ब्यापार र सुविधाजनक आवत(जावत आदि विषयबारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।