खेलकुद

शुक्रबार ओयल इण्डियासँग भीड्दै थ्री स्टार

काठमाण्डौ । शुक्रबार थ्री स्टार क्लबले भारतको ओयल इण्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । भारतको गुहाटीमा जारी ६४ औं संस्करणको बोर्डोलाई ट्रफीको दोश्रो खेलमा थ्री स्टारले ओयल इण्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेलमा थ्री स्टारको लक्ष्य सेमिफाइलमा प्रवेश गर्ने जनाइएको छ । शुक्रबार बेलुका ७ बजे सुरु हुने सो खेल अघिको पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्ड बारक फुटबल क्लब विरुद्ध ६–१ को प्रभावशाली जित हाँसिल गरेको थियो । खेल गुवाहाटीको नेहरु रंगशालामा बेलुका ७ बजे सुरु हुने जनाइएको छ ।