समाचार

अचानक नर्भिक अस्पताल भर्ना भएका सिँचाई मन्त्री गिरीको स्वास्थ्यमा क्रमिक सुधार

तुलसा खनाल,

काठ्माण्डौ । सिचाईमन्त्री दीपक गिरि राती पौने १ बजे मन्त्री निवास पुल्चौकमा छाती दुख्न थालेपछि नर्भिक अस्पताको आपतकालीन कक्षमा भर्ना गरिएको छ ।
मन्त्री गिरीका स्वकीय सचिब युवराज डीसीका अनुसार मुटुको भ्यान ब्लक भएका कारण डा। यादब भट्टको टिमले हेरेपछि स्वास्थ्यमा क्रमिक सुधार भईरहेको बताएका छन् । एमआईसी ट्रिममेन्ट गरेपछि भ्यान खोलेपछि अवस्था सुध्रिएको जनाईएको छ ।
मन्त्री गिरीलाई भेट्न काँग्रेस पार्टी सभापती शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसाँक कोईराला, उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि लगायतका बरिष्ठ नेताहरुको भीड नर्भिक अस्पताल थापाथलीमा छ ।
केहि दिन अझै अस्पतालमा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । डाक्टरले केही दिन आराम गर्न , फोन रिषिभ नगर्न सल्लाह दिएका छन् ।