पु.समाचार

मेरो कार्यकालमा कसैले अनियमितता गरे कारबाही गर्छु : गगन थापा

सुर्यखबर सँबाददाता,
चितवन । स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा अनियमितता हुन नदिने र कसैले गरेमा नसहने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजन गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले कुनै रङ्ग र झन्डा बोकेको भएपनि कसैले छुट नपाउने बताउँदै भने, ‘‘मेरो कार्यकालमा अनियमितता हुन पनि दिन्न र सहन्न ।’

फरक प्रशंगमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताए। थापाले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत हो।’