पु.समाचार

परराष्ट्रमन्त्री डा.महतले भेटे अमेरिकी राष्ट्रपति

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेट गरेका छन् । मंगलबार साँझ न्युयोर्कमा आयोजना गरेको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा. महतको भेट भएको हो ।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्वागत समारोहको आयोजना गरेका थिए ।

सो समारोहमा अमेरिकी विदेशमन्त्रीसँग समेत परराष्ट्रमन्त्री डा. महतको भेट भएको थियो । भेटका क्रममा अमेरिकी विदेशमन्त्रीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेको जनाइएको छ ।