पु.समाचार

नेपाल–भारत सीमाका रक्सी पसलहरुमा भारतीयहरुको भीड

काठमाडौं । नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।

भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका छन् ।

बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायत वैद्यनाथ लाल कर्ण बताउँछन् ।

उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् ।

विहान १० देखि १२ बजेत्रिै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर फर्किन्छन् भन्दै बिहीबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।