पु.समाचार

बम आतंक मच्चाउनेहरुलाई पक्राउ गरेर प्रहरीले राम्रो काम गर्यो बधाई छ, नेपाल प्रहरीलाई !

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ ।  राजधानीको झण्डै एक दर्जन ठाँउमा बम राखेर आतंक मच्चाउन खोज्ने दुई ब्यक्तीहरुलाई प्रहरीले मंगलबारर सार्बजनिक गरेको छ
पक्राउ परेकाहरु रामेछापका ३ज्ञ बर्षीय शंकर लाखे र सिँधुलीका २६ बर्षीय चन्द्रबहादुर तामाङ रहेको प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएको छ।
महानगरीय एआईजी प्रतापसिँह थापाका अनुसार पक्राउपरेकाहरु ०६२/६३ सालको आन्दोलन भन्दा पहिले हतियार लिएर भागेका र बौद्धस्थीत डेराबाट पक्राउ गरिएको बताएका छन् ।
पक्राउ परेकाचहरु पहिले नै वार्ता गरेर हतियार बुझाएकाहरु समेत रहेको बताईएको छ ।
मंगलबार बिहान मात्र राजधानीका बिभिन्न ठाउमा बम राखेर आतंक मच्चाउने प्रयास गरेका उनीहरु साँझ नै पक्रो गर्न प्रहरी सफल भएको छ ।

यस्ता समाजमा आतंक मच्चाउनेहरुलाई प्रकाउ गर्न सफल हुनुले नेपाली जनाताकालागी नेपाल प्रहरी बधाईका पात्र भएका छन् ।