समाचार

उपत्यकाका २ स्कुलमा बम विष्फोट, अन्य १० स्थानमा बम भेटियो !

काठमाण्डौ । मंगलबार राजधानी काठमाण्डौका २ वटा स्कुलमा बम विष्फोट भएको छ । काठमाण्डौ बौद्धस्थित आकाशद्धीप र मनकामना स्कुलमा सिलिण्डर बम बिष्फोट भएको प्रहरीले बताएको छ । सिलिण्डर बम विष्फोट भएपनि कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।

त्यस्तै, उपत्यकाका काठमाण्डौ र ललितपुरमा गरेर १० ठाउँमा विभिन्न किसिमका बमहरु भेटिएको प्रहरीको भनाई छ । ती बमहरुलाई केहीलाई डिष्पोज गरिएको र केहीलाई डिष्पोज गर्ने तयारी भैरहेको समेत महानगरीय प्रहरी प्रवक्ताले बताएका छन् ।

बम विष्फोट भएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युथ फोर्सको नाममा पर्चा छरिएको बताइएको छ ।