खेलकुद

अमेरिका र बेलायत लगायत २६ देशका खेलाडीहरुको मेडिकल रिपोर्ट सार्वजानिक

एजेन्सी– रियो ओलम्पिकमा सहभागी बेलायत, अमेरिका, स्पेन लगायतका विभिन्न २६ मुलुकका खेलाडीहरुको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ । फ्यान्सी बिर्यस नाम गरेको एकजना ह्याकरले ती खेलाडीहरुको मेडिकल रिपोर्ट सार्वजानिक गरेको हो ।

सोमबार राती ती ह्याकरले सार्वजनिक गरेको सूचीमा स्पेनका टेनिस खेलाडी राफेल नाडाल लगायत रहेका छन् । सार्वाजकि नामको सूचीम बेलायतका धावकहरु ज्स्टिन रोज, हेलेन ग्लोभर र मो फराह पनि रहेका छन् ।

त्यो लगायत फ्यान्सीले फ्रान्स, डेनमार्क, अर्जेन्टिना, स्पेन, बेल्जियम, हंगेरी लगायतका मुलुकका खेलाडीहरुको मेडिकल रिपोर्ट सार्वजानिक गरेको हो । फ्यान्सीले विश्व एन्टी डोपिङ एजेन्सी वाडाको रेकर्डलाई ह्याक गरेर सार्वाजानिक गरेको हो ।