आर्थिक

इन्धन आयत गर्न नेपाल–भारतको यस्तो तयारी

काठमाडौं । भारतीय आयल कर्पोरेशनबाट आगामी ५ वर्षका लागि इन्धन आयात गर्ने सम्झौताका लागि नेपाल आयल निगमले तयारी थालेको छ ।  सम्झौतामा गृहकार्यका लागि निगमको ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार मुम्बई जाँदैछ ।

टोलीले आइओसीको प्रतिनिधिमण्डलसँग इन्धन आयातसम्बन्धी वार्ता गर्नेछ । आइओसीसँग भएको इन्ध आयतसमबन्धी समझौता मार्च ०१७ मा सकिँन लागेको छ ।

त्यसअघि नै समझौता गर्न आवश्यक छलफलका लागि निगम मुम्बइ जान लागेको हो ।  निगम र आइओसीबीचच इन्ध खरिद सम्झौता प्रत्येक ५ वर्षमा नविकरण हुने गरेको बताउँदै मंगलबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।