अन्तर्राष्ट्रिय

रुसमा राष्ट्रपति पुटिनको पार्टी अघि देखियो

एजेन्सी– रुसमा भएको तल्लो सदनको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी अघि देखिएको छ । निर्वाचनमा राष्ट्रपति पुटिनले नेतृत्व गरेको युनाइटेड रसिया पार्टी यद्यपि, सन् २०११ को मे मा भएको संसदीय निर्वाचनमा भन्दा यो पटक भने कम मत खसेको बताइएको छ ।

पछिल्लो सर्वेक्षण अनुसार उक्त निर्वाचनमा उदारवादी विपक्षी दलहरुले समेत केही निर्वाचन क्षेत्रबाट जित हाँसिल गर्न सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार केही राष्ट्रवादी लगायतका कम्युनिष्ट पार्टीहरु भने पछि पर्ने सम्भावना देखिएको थियो ।

रुसमा यसअघि सन् २०११ मा संसदीय निर्वाचन भएको थियो । त्यसपछि रुसको नेतृत्वमा छिमेकी मुलुक क्रिमियामा निर्वाचन गराइएको थियो । त्यसलगत्तै सन् २०१४ मा क्रिमियाबाट युक्रेन टुक्रिएर रुसमा गाभिएको थियो ।

त्यसपछि रुसको विश्वभर आलोचना समेत हुँदै आएको थियो ।