पु.समाचार

प्रधानमन्त्रीको अमेरिका भ्रमण एक्कासि रद्ध !

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण अन्तिममा आए रद्ध भएको छ । आइतबार राती अबेर प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण रद्ध भएको श्रोतले बताएको छ । प्रधानमन्त्री दाहालले सोमबारदेखि अमेरिका भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।

श्रोतका अनुसार प्रधानमन्त्री दाहालले मुलुककको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै अमेरिका भ्रमण रद्ध गरेको श्रोतको भनाई छ ।

श्रोतका अनुसार विगत केही वर्षदेखि संविधान संशोधन लगायतका माग राख्दै आन्दोलन गरिरहको मधेशी मोर्चासँग जोडिएर निर्माण भएको संघीय गठबन्धन लगायतका दलहको माग सम्बोधन गर्न समेत प्रधानमन्त्री दहालले आफ्नो अमेरिका भ्रमण रद्ध गरेका हुन् ।

सम्भवत, प्रधानमन्त्री दाहालले दशैं अघिनै संविधान संशोधन गर्ने बचनबद्धता मोर्चालाई दिइसकेकोले सो काममा गम्भीरता पूर्वक लाग्न र नयाँ संविधान एक वर्ष पुगेको अवसरमा हुने समारोहलाई समेत विशेष प्राथमिकता दिएर सो कदम चालेको अनुमान गरिएको छ ।