समाचार

प्रधानमन्त्री दाहाल आइतबार स्वदेश फर्किदै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चारदिन भ्रमण सकेर आइतबार स्वदेश फर्किदैछन् । प्रधानमन्त्री दाहालको चारदिने भ्रमणको अन्तिम दिन आइतबार भारतीय योग गुरु रामदेवको पतञ्जली योग पीठको भ्रमण सकेर उनी स्वदेश फर्किन लागेका हुन् ।
रामदेवको योग पीठको भ्रमण लगत्तै प्रधानमन्त्री दाहालको टोली सिधै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको बताइएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालसँग भारतीय राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायतसँग राजकीय स्तरको भेटवार्ता भएको थियो । सो भेटवार्तापछि २ देशबीच ३ बुदे सम्झौता समेत भएको थियो ।