खेलकुद

लिभरपुलले चेल्सीलाई हरायो

एजेन्सी– इंग्लिस प्रि मियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । बलियो टोलीको रुपमा रहेको चेल्सीलाई घरेलु मैदान स्टाम फोर्ड ब्रिजमा भएको खेलमा लिभरपुरले २-१ जित निकाल्दै हराएको हो । लिभरपुलले चेल्सीको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको छ ।
खेलमा लिभरपुलका डिजोन लेभरोनले १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउन सफल भएका थिए । त्यस्तै, ३६ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

खेलमा चेल्सीका डिफेन्डर डेभिड लुइज ६१ औं मिनेटमा डिएगो कोस्टालाई लामो क्रस पास दिन सफल भएका थिए । लुइजको पासलाई खेर जान नदिइ कोस्टाले चेल्सीका लागि एक गोल गरे र खेलमा फर्किएका थिए तर खेलमा थप गोल गर्न गर्न नस्कदा चेल्सी पराजित हुन पुगेको थियो ।