राजनीति

प्रधानमन्त्री दाहाल काठमाण्डु फर्कनासाथ मधेसी मोर्चाले दबाब दिने

काठमाण्डौ । मधेसी मोर्चाले नेपाल फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई अर्को दबाब दिने भएका छन् । भारत भ्रमणमाबाट फर्किए लगत्तै अमेरिका जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाले अमेरिका नजान दबाब दिने भएका हुन् ।
असोज २ गते भारत भ्रमणबाट फर्किए लगत्तै दाहाललाई देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिक भ्रमण स्थगन गर्न दबाब दिने बताइएको छ ।
भारत भ्रमणअघि नै संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिएका प्रधानमन्त्रीले भ्रमणबाट फर्किएपछि मात्र संशोधन प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए।
भारत भ्रमण जानु अघिल्लो दिन प्रधानमन्त्रीले केही प्राविधिक समस्याले प्रक्रिया अघि नबढेको जानकारी मोर्चालाई दिएका थिए। तर भ्रमणबाट फर्किए लगत्तै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए भन्दै शनिबारको नेपाल समाचार पत्रमा समाचार प्रकाशित छ ।
दाहालकै प्रतिवद्धता अनुसार अमेरिका भ्रमण स्थगन गराउन मोर्चाले दबाब दिने भएको हो।