अन्तर्राष्ट्रिय

चुनावी अभियानमा फर्किइन् हिलारी

एजेन्सी– अमेरिकी राष्ट्रपतिको उम्मेद्धारको रुपमा खडा भएकी डेमोक्रेटिक पार्टीकी उम्मेद्धार हिलारी क्लिन्टन अब स्वस्थ भएकी छन् । उनी केही दिनयता श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाबाट ग्रस्त भएपछि आफ्ना कार्यक्रमहरु स्थगित गरेर आराम गरिरहेकी थिइन् ।

उनी केही निको भएपछि चुनावी प्रचारप्रसारमा निस्किएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनले पुनस् यसरी अभियानमा फर्कँदा आफुले असाध्यै राम्रो अनुभव गरेको बताएकी छन्।

नर्थ क्यारोलाइनास्थित ग्रीन्जबरामा समर्थकलाई उनले विरामीबाट तङ्ग्रिनको लागि घरमा बस्दा आफुले चुनावी अभियानको शान्त समीक्षा गर्ने दुर्लभ मौका पाएको बीबीसीले जनाएको छ ।