पु.समाचार

बिहीबार प्रधानमन्त्री दाहाल भारत प्रस्थान गर्दै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार भारत भ्रमणमा जाँदैछन् । यो सहित दोश्रो पटक प्रधानमन्त्री बनेका दाहाल भारतको ४ दिने औपचारिक भ्रमणमा जान लागेका हुन् । दाहाल दोश्रो पटक प्रधानमन्त्री बनेयता विदेश भ्रमणमा जान लागेको यो पहिलोपटक हो । उनको यो भ्रमण राजकीय भ्रमण हो । बिहीबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको जाहाजबाट प्रधानमन्त्री दाहाल नेतृत्वको टोली दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा परराष्ट्र मन्त्री डा। प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

नयाँ दिल्ली उत्रिएसँगै प्रधानमन्त्रीको टोली नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बस्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्किनेछन् ।