राजनीति

कांग्रेस सभापति देउवाले रामचन्द्र पौडेलको प्रस्ताव ठाडै अस्वीकार गरे !

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालालाई नेपाल महिला संघको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ कोइरालालाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका हुन् ।

कोइरालाले नेतृत्व गर्दा महिला संघको गरिमा बढ्ने र पार्टीले सोचेजस्तो नतिजा आउने भन्दै सभापति देउवासमक्ष पौडेलले उनको नाम प्रस्ताव गरेका थिए । तर, देउवाले सम्भव नभएको भन्दै अस्वीकार गरेका हुन् ।

देउवा पक्षीय नेताहरुले सुजातालाई सर्वसम्मत अध्यक्ष बनाउनै नसकिने अडान राखेका छन् । स्रोतका अनुसार देउवा कुनै पनि भातृ संगठनको नेतृत्व पौडेल पक्षलाई दिन तयार छैनन् ।

देउवा पक्षीय नेताहरुले पूर्व कोषाध्यक्ष चित्रलेखा यादवलाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने लविङ थालेका छन् भन्दै मंगलबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।