अन्तर्राष्ट्रिय

उत्तर कोरियाले फेरि अर्को कदम चाल्ने तयारी

एजेन्सी– उत्तर कोरियाले फेरि अर्को परमाणु बम परीक्षणको तयारी गरिरहेको खबर बाहिर आएको छ । दक्षिण कोरिया सरकारको उच्च श्रोतले सो जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन् ।

उत्तरकोरियाले आफ्नो छाटो दुरीको परमाणू बम परीक्षणको तयारी गरिरहेको भन्दै सरकारी भनाईलाई पुष्टि गर्दे दक्षिण कोरियन समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि शुक्रबार उत्तरकोरियाले गरेको एक आणविक परीक्षण पछि ५.३  रेक्टर स्केलको पराकम्पन समेत गएको थियो । उत्तर कोरियाको यो कदमलाई विश्वभर आलोचना गरिदै आएको छ ।