पु.समाचार

उच्चस्तरीय भेटवार्तामा व्यस्त हुँदै परराष्ट्रमन्त्री महत

प्रकाश शरण महत

काठमाण्डौ । भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले सोमबार दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्देछन् । उनले सुरुमै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्ने छन् भने त्यसलगत्तै उनले अर्थमन्त्री अरुण जेट्ली, सडक तथा यातायात मन्त्री तिनि गड्करी, जलश्रोत मन्त्री उमा भारती लगायतसँग भेटवार्ता हुने बताइएको छ ।

अन्य भेटवार्ताको विषय भने बाहिर प्रकाशित गरिएको छैन ।  डा. महत प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ ३० गतेदेखि हुने भ्रमणको तयारीका लागि भारत गएका हुन् ।