पु.समाचार

नेपाल वायु सेवाको विमान आकस्मिक अवतरण

काठमाण्डौ । दिल्लीबाट काठमाण्डौका लागि उडेको नेपाल एयरलाइन्सको जेट विमान आकस्मिक रुपमा अवतरण गरिएको छ ।

उडान भरेको ३२ मिनेटनै विमानमा समस्या आएपछि सो विमान भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

आइतबार बेलुका ८ बजे १ सय ६० जना यात्रु लिएर काठमाण्डुका लागि उडेको आरए २१८ विमानमा समस्या आएको श्रोतले बताएको छ ।

विमानमा समस्या आएलगत्तै चालकले दिल्ली एयर ट्राफिक कन्ट्रोल रुममा जानकारी दिएका थिए ।

त्यसलगत्तै इन्दिरा गान्धी विमानस्थलमा विमान अवतरण गरिएको थियो ।

अवतरणका क्रममा विमानको टायर पड्किएको बताइएको छ । विमानका चालक र यात्रुहरु सकुसल रहेको बताइएको छ । विमान उड्ने वित्तिक्कै पखेटा नखुलेपछि पाइलटले समस्या आएको थाहा पाएका थिए ।