समाचार

अरनिको यातायात अन्तर्गत बलेफी सडक खण्ड अवरुद्ध

काठमाण्डौ । पहिरोका कारण सोमबार बिहानैदेखि अरनिको यातायात अन्तर्गत पर्ने सिन्धुपाल्चोक बलेफी सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्ड अवरुद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा र रामेछापबाट छुट्ने सवारी साधनहरु प्रभावित भएको जनाइएको छ ।

सोमबार बिहान ६ बजेदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमा थुप्रिएको लेदो माटो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।