आर्थिक

नेपालका राजनीतिक दलहरुमध्ये कुनचाहि सबैभन्दा धनी ? ( हेरौ तथ्यांकसहित)

काठमाण्डौ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन् ।

घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्।

संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ। भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो ।

कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ।

नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ। यस्तै नेकपा एमालेको खातामा ४ करोड, नेकपा माओवादी केन्द्रको खातामा ५ लाख, राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार, संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख, नेकपा मालेको खातामा ४ लाख रहेको देखिन्छ भन्दै सोमबारको नेपाल समाचारपत्रमा समाचार प्रकाशित गरिएको छ ।