समाचार

तीन दिनअघि खोला तर्न लाग्दा बेपत्ता भएकाहरु मृत अवस्थामा भेटिए

पोखरा । पोखराको मालपोत कार्यालय नजिकैबाट फिर्केखोला पार गर्ने क्रममा मोटरसाइकलसहित तीन दिनअघि बेपत्ता भएका एक व्यक्ति विरुवाफाँटस्थित फेवानहरमा आइतबार मृत अवस्थामा भेटिएका छन् ।

कास्की जिल्लाको कालिका गाविसका २१ वर्षीय सुरविर जिसी नहरमा तीन दिनपछि आइतबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण खोलामा बाढी आएका बेला खोला तर्न लाग्दा बेपत्ता भएका जिसीले प्रयोग गरेको मोटरसाइकल दुईसय मिटर तल भेटिएको थियो ।

वर्षासँगै पोखराको बीच भागबाट बग्ने फिर्केखोला उर्लिँदा यसअघि पनि चारजनाले ज्यान गुमाइसकेका छन् । रासस