अन्तर्राष्ट्रिय

चीनको अर्को विशाल फड्को, नेपाल लगायतका देशहरु पनि प्रभावित हुँदै !

एजेन्सी– चीनले संसारकै सबैभन्दा लामो रेलवे ट्रयाक निर्माण गरेको छ । चीनले विश्वलाई नै माथ गर्ने गरी २० हजार किलोमिटर रेलवे ट्रयाकको निर्माण गर्न सफल भएको हो । अहिलेसम्म विश्वका अति विकसित मुलुकहरुले यो दूरीको रेलमार्ग निर्माण गर्न सकेका छैनन् ।

यो रेलमार्ग विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । चीनले शनिबार हेनान प्रान्त हुँदै पूर्वी जियांग्सु प्रान्तसम्मको रेलमार्ग खण्डमा तिव्र गतिको रेलवे सेवा सुरु गरेसँगै यो बहस बाहिर आएको छ ।

यो रेलमार्गको लम्बाई २० हजार किलोमिटर रहेको बताइएको छ । चीनले यो रेलमार्गसँग पूर्व–पश्चिम र उत्तर–दक्षिण सबै क्षेत्रलाई सुविधा हुने किसिमले सञ्चालन गरेको बताइएको छ । यो रेलमार्गमा ९ वटा स्टेशनहरु रहेका छन् भने अन्य सयौ सुविधाहरु यो रेलवे अभियानमा जोडिएका छन् ।

china-train

यो रेलमार्गमा दौडने रेलको गति प्रतिघण्टा ३ सय किलोमिटर हुने बताइएको छ । यो रेलमार्ग निर्माणको सुरुवात चीनले सन् २०१२ मा गरेको थियो । ४ वर्षपछि यो रेलमार्ग व्यवहारिक रुपमै प्रयोगमा ल्याउन चीन सफल भएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीनको यो योजनाले छिमेकी मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलंका, जापान लगायत विश्वबजारमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको भन्दै चिनियाँ सञ्चारमाध्यामहरुले समाचार प्रसारण गरेका छन् ।

यता, चीनले एक पेटी एक मार्गको अवधारणाअनुसार नेपाल हुँदै दक्षिण एसियाली मुलुकहरुसँग पनि रेलमार्गले जोड्ने अभियानको सुरुवात गरिसकेको छ ।