आर्थिक

मेलम्चीले ठेकेदारका लागि ६ महिनाको समय थप गरिदियो

काठमाण्डौ । भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिले ठेकेदारलाई अतिरिक्त ६ महिनाको सुविधा प्रदान गरेको छ।

आयोजनाको मुख्य सुरुङ निर्माण गरिरहेको टेकेदारलाई सो अवधिको क्षतिपूर्ति स्वरुप एकमुष्ठ १८२ दिनको समय थप गरिएको भन्दै आइतबारको कारोबार दैनिकमा समाचार प्रकाशित भएको छ ।

भूकम्प र नाकाबन्दीका कारण मेलम्चीको काम झन्डै १० महिनासम्म रोकिएका थियो । यस अवधिमा ठेकेदारले काम गर्न नपाएको भन्दै म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

उनका अनुसार समिति र ठेकेदारबीच १ हजार ९५ दिनभित्र मेलम्ची सुरुङ खनिसक्ने सम्झौता भएको थियो। सम्झौता अवधि असोज १५ बाट समाप्त हुँदैछ।