मनोरञ्जन

यसकारण, एकाबिहानै नायिका प्रियंका कार्की खुसी देखिइन् !

काठमाण्डौ । शुक्रबारदेखि काठमाण्डौ उपत्यका लगायत देशभर एउटा पृथक कथामा आधारित फिल्म छक्का पञ्जा रिलिज भएको छ । विशेषगरी हाँस्यव्यँग्य क्षेत्रका कलाकारहरुको बाहुल्यता रहेको सो फिल्मले सुरुकै दिनमा उत्साहजनक प्रगति गरेको छ ।

शुक्रबार बिहानदेखि अधिकांश हलहरु हउसफुल देखिएको फिल्मको बारेमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएको जनाइएको छ ।

निर्देशकको रुपमा डेव्यू गरेकी दिपाश्री निरौला दर्शकको उपस्थिती र प्रतिकृयाले निकै उत्साहित देखिईन् । दर्शकबाट पाएको राम्रो साथले उत्साहित बनेको निर्माण टिम र कलाकार दर्शकसँगै बसेर फिल्म हेर्न हल हलमा पुगेका थिए ।

निकै खुसी मुद्रामा देखिएकी प्रियंका कार्कीको प्रतिक्रिया यस्तो थियो,  यो मायाले केही भावुक बनाएको छ । हर्षका आँशु झरेका छन् । त्यस्तै निर्देशक दिपाश्रीले यो साथले मन हर्षित बनेको बताइन् ।

प्रियंका दर्शकसँग आफै प्रतिकृया लिन उत्साहित बनेकी थिइन । नेपाली सिने जगतमा पछिल्ला वर्ष हाँस्य रोलमा निर्माण भएर पृथक भूमिकामार्फत दर्शकहरुलाई मनोरञ्जन दिने फिल्महरु निर्माणको क्रम बढेको छ ।