खेलकुद

चीनको अग्रता कायमै

एजेन्सी– केही दिनदेखि ब्राजिलमा रियो पारा ओलम्पिक खेल प्रतियोगिता जारी छ । सो क्रममा चीनले आफु पदक तालिकासहित अग्रस्थान कायमै राखेको छ । अहिलेसम्म चीनले २० स्वर्ण, १७ रजत र १२ कास्य गरी ४९ पदक जितेको छ।

यस्तै, बेलायत दोश्रो स्थानमा रहेको छ । उसले १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी २७ पदक जितेको छ । त्यस्तै, तेश्रो स्थानमा युक्रेन रहेको छ । उसले ७ स्वर्ण, ६ रजत र १३ कास्य गरी २६ पदक जितेको छ ।

त्यस्तै चौथो स्थानमा अमेरिका रहेको छ । उसले ३ स्वर्ण, ८ रजत र ३ कास्य गरी १४ पदक जितेको छ । पाँचौमा आयोजक राष्ट्र ब्राजिल रहेको छ । उसले ३ स्वर्ण, ६ रजत र २ कास्य गरी ११ पदक जितेको छ ।