समाचार

उत्तरकोरियाले आणविक बम परीक्षण गर्दा ५.३ म्याग्निच्युटको भूकम्प गयो !

एजेन्सी– उत्तरकोरियाले आणविक बमको परीक्षण गर्दा ५.३ म्याग्निच्युटको भूकम्प गएको छ । शुक्रबार बिहान मापन गरिएको एउटा शक्तिशाली कम्पन भूकम्पको नभएर आणविक बम परीक्षण पछिको कम्पन भएको अमेरिकी ग्लोबल भूकम्पीय मापन केन्द्रले जनाएको छ ।
दक्षिण कोरियाले पनि यसको पुष्टि गरेको छ । दक्षिण कोरियाको समाचार संस्था योन्हाले उत्तर कोरियाले आणविक बमको परीक्षण गरेपछि यो पराकम्पन गएको जनाउदै समाचार प्रसारण गरेको छ ।

यसअघि पनि उत्तरकोरियाले आणविक बम परीक्षण गर्दा भूकम्पीय पराकम्पन गएको थियो । आणविक परीक्षण नगर्न गर्दै आएको राष्ट्रसंघको आग्रहलाई बेवास्ता गर्दै उत्तरकोरियाले सन् २००२ यता थुप्रै आणविक परीक्षण गरिसकेको छ ।