पु.समाचार

जटिलता देखिएपछि विकल्प खोज्दै सरकार

काठमाडौं । चालू आर्थिक वर्षका विद्येयकहरु अघि बढाउन जटिलता देखिएपछि सरकार नयाँ विकल्प खोज्न थालेको छ । संसदमा विचाराधीन चालू आर्थिक वर्ष ०७३/७४ को बजेटसँग आश्रित तीन विधेयक अघि बढाउन कानुनी जटिलता देखिएपछि सरकारले विकल्प खोज्न थालेको हो ।

संसद् नियमावली, २०७३ अनुसार संसद्ले एकपटक अस्वीकृत गरेको विधेयक सोही अधिवेशनमा पुनः प्रस्तुत गर्न पाइँदैन । बजेटसँग आश्रित तीन विधेयक चालू अधिवेशनमै अस्वीकृत भएकाले पुनः पेस गर्न सकिँदैन ।

अब सरकारसँग चालू अधिवेशनलाई अन्त्य गरी अर्को अधिवेशन बोलाउने वा नियमावलीको व्यवस्था निलम्बन गरी विधेयक पारित गर्ने विकल्प रहेको छ ।

व्यवस्थापिका–संसद् नियमावली, २०७३ अनुसार बजेटआश्रित विधेयक संसद्मा पेस गर्न केही जटिलता देखिएको छ । सरकारले नियम निलम्बन गर्न वा अन्य विकल्पका लागि राजनीतिक सहमति खोजिरहेको छ ।

शीर्ष राजनीतिक तहमा छलफल भइरहेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले बताए भन्दै शुक्रबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ ।