राजनीति

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसदमा सम्बोधन गर्ने भएका छन् । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात पहिलो पटक उनले संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्ने तयारी भैरहेको उनको निजी सचिवालयले जनाएको छ ।