पु.समाचार

पहिरोले घर पुर्दा ४ बालबालिकाको मृत्यु

कास्की । कास्की जिल्लाको लेखनाथ नगरपालिकामा पहिरोले घर पुरिँदा ४ जना बालबालिकाको ज्यान गएको छ । पहिरोले २ वटा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

घरभित्र सँगै रहेका २ महिलाले भने भागेर ज्यान बचाएका छन् । लेखनाथ नगपालिका वडा नं. ४ स्थित खरानी फाँटमा रहेका ती घर पहिरोले पुर्दा १४ वर्षका निसान सुनुवार, १० वर्षीया रजिना सुनुवार र ८ वर्षका अन्जीला सुनुवारको मृत्यु भएको प्रहरीले बताएको छ ।

पहिरो आउनासाथ घरमा बसिरहेका चन्द्रकला सुनार र माया सुनार भने भागेर बाँचेका छन् । उनीहरु सामान्य घाइते रहेको बताइएको छ ।