आर्थिक

तीन वटा रुद्राक्षको मुल्य ४३ लाख

काठमाडौं । संखुवासभा र भोजपुरका किसानले रुद्राक्ष खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यसै साता ती २ जिल्लाका किसानको रुद्राक्ष खेतीमा उत्पादन भएका तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए ।

धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष् व्यपारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा खरिद गरेका हुन् ।
षडानन्द नगरपालिका केउरेनीपानीमा उत्पादन भएको २१ मुखे रुद्राक्ष व्यपारी नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे ।
यसैगरी, यसै साता भोजपुरको फलिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताएको भन्दै बिहीबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।