राजनीति

विजयकुमार गच्छदार पनि सरकारमा जाने !

काठमाडौं– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गरेको दौड धूपले परिणाम पाउने देखिएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन विगत तीन हप्तादेखि दौडधूप गरेका गच्छदारले दुई मन्त्रालय पाउने भएपछि यस्तो संकेत देखिएको हो ।

पार्टी फुटको संघारमा पुगेका बेला प्रचण्डको भारत भ्रमणपछि गच्छदारको पार्टीबाट दुई मन्त्री पठाउने तयारी भएको हो । बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले भने, ‘दुई मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारीमा छु ।’

पार्टीमा गच्छदारले आफू मात्र मन्त्री बन्ने नीति लिएको भन्दै अन्य नेताहरुले पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारी गरेपछि उनले अन्य नेतालाई सरकारमा पठाएरै भएपनि पार्टी बचाउने रणनीति बनाएका हुन् ।