समाचार

काठमाडौँमा बस दुर्घटनाः एकको मृत्यु

काठमाडौँ, महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा १ ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस आज साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेका सनाखत हुन सकेका छैन । घाइतेलाई उद्धार गरी अहिले उपचारका लागि छजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र अन्यलाई बिपी स्मृति अस्पताल पठाइएको महानगरी प्रहरी प्रभाग बसुन्धराका प्रहरी सहायक निरीक्षक प्रमोद प्याकुरेलले जानकारी दिए। रासस