समाचार

अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले

काठमाण्डौ । गृह मन्त्रालयले निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ।

निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको छ ।
विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरिसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको भन्दै बुधबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।

चोरी मुद्दामा जेल सजाय भोगेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो। काठमाडौंबाट पाकिस्तानसम्म जाने कुनै एयरलाइन्स नभएकाले रानाले काठमाडौंबाट अबुदाबी हुँदै इस्लामावाद जाने टिकट लिएका थिए।

इतिहाद एयरलाइन्सले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनी अर्को विमानबाट पाकिस्तान जाने तयारीमा छन्