समाचार

‘आमाको शव बोक्दै बाबा अघि अघि, छोरी रुँदै–रुँदै पछि पछि’, संसार स्तब्ध पार्ने एउटा तस्वीर !

एजेन्सी– पछिल्ला दिन भारतीय अखबारहरुमा एकजनागरिब व्यक्ति र उसको दर्दनाक पीडासँग जोडिएको एउटा कथासँग जोडिएको तस्वीरले विशेष महत्व पाएको छ । यो तस्वीर संसारभर भाइरल समेत भैरहेको छ । भारतको उडिसा राज्यका गरीब आदिवासी दाना माझी र उनको काँधमा देखिने उनकी आफ्नै श्रीमतीको शव र सँगै पछिपछि हिडिरहेकी छोरीको तस्वीर यसबेला भाइरल भैरहेको हो ।

गरीब दाना माझीले आफ्नो काँधमा श्रीमतीको शव बोकेर हिडिरहेका छन् । उनी कहिले त्यो शव विसाउँछन् र केहीबेर थकाइ मारेर फेरि बोकेर हिड्छन् । साथमा छोरी आँखाबाट आँसु झाँदै आफ्नी आमाको शव र बुबाको त्यो बेहाल देखेर निकै निराश हुँदै पछि पछि हिडिरहेकी छन् ।

माझीले आफ्नी पत्नीको शव १२ किलोमिटर भन्दा टाढा लैजानु थियो । कुरा के रहेछ भने अस्पतालमा उपचार गराइरहेकी श्रीमतीको टिबी रोगका कारण निधन भयो । शब बाहन अर्थात एम्बुलेन्सको जोहो गर्न केही समय भौतारिएका दानाले पैसाको अभावमा ती चीज प्राप्त गर्न सकेनन् । अस्पतालले समेत उनलाई बेवास्ता गरिदिएपछि उनले आफ्नी श्रीमतीको शब काँधमा राखेर निकै धेरै लामो दूरीको यात्रा गरे ।

उनको त्यो पीडादायी अवस्थाको दृष्य भारतीय एक टेलिभिजन पत्रकारले क्यामेरामा कैद गर्न भ्याए । उनले आफ्नी श्रीमतीको शव गाउँमै लगेर दाहसंस्कार गर्न चाहेका थिए । त्यसका लागि उनले न कुनै यातायातको साधनमा चढ्ने पैसा उनीसँग थियो, न त कोही सहयोगी हातहरु । तस्वीर हेर्दा जो सुकैको आँखाबाट आँसु झर्छ । जुन दृष्य अहिले संसारभर भाइरल भैरहेको छ ।

यसले भारतीय समाजको गरीबी र भारतीय समाजको समग्र अवस्थाको पछिल्लो चित्रण भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले टिप्पणी गरेका छन् ।