प्रवास

जनसम्पर्क समिती जापानमा उमेदवारी दर्ता शुरु

तुलसा खनाल
जापान । नेपाली जनसम्पर्क समिति जापानमा यतिबेला चुनावी रौनक छाएको छ । समिती छैठौ महाधिबेसनको संघारमा छ । उम्मेदवारहरु उम्मेद्वारी दर्ता पछि भोट माग्न व्यस्त देखिन्छन् । त्यस्तै उम्मेद्वारी दर्ताको एउटा प्यानल  डिपी कंडेल प्यानल ले २९ जनाको प्यानल मनोनयन दर्ता गरेको छ।

जसमा सभापती पदमा डण्डपानी कंडेल ९डि पी०,महामन्त्री मा रामजँग कार्की,कोषाध्यक्षमा बाबुराम सापकोटा रहेका छन् भने खुल्ला सदस्यहरुमा राजेन्द्र प्रसाद जमरकट्टेल,पुस्करजँग थापा,पेम्बा लामा,धुर्वकुमार थापा,प्रेम कंडेल ,हरिप्रसाद कडेल,जिवन खड्का,लक्ष्मण थापा,राजन कुमार गिरी,उल्लास पान्डे ,कृष्ण गैरे,बद्री पौडेल,सुसील पौडेल,लक्ष्मण बानीया,भिमलाल गैरे,अशोक शर्मा ९गोपाल०,सुजन खड्का,कृपन दहाल,नबिन सागर सापकोटा,राम बहादुर कार्की ले उमेदवारी दर्ता गरेका छन्।

महिला तर्फबाट नागोया क्षेत्र की निबर्तमान सभापती साधना घिमीरे,सुस्मा लामा,गितादेबी कडेलले उमेदवारी दर्ता गराएका छन्। त्यस्तै जनजाती तर्फ बाट दिपक बुर्जा मगर,मिनराशी गुरुङ र मेख बहादुर  लामाले उमेदवारी दर्ता गराएका छन्। निर्वाचन कमिटीले तोकेको समय भित्रै उम्मेदवारी दर्ता गराएर कडेल प्यानल मैदानमा हुमिएको छ। यती बेला कडेल प्यानल का सभापती,महामन्त्री,कोषाध्यक्ष सहित समर्थक को एक टोली जापान का प्रत्यक क्षेत्रमा भेटघाट मा जुटेका छन्। हिजो मात्र नागोया क्षेत्र मा भेटघाट गरि आज बिहान ओसाका ,हुदै  टोली फुकुवाका र हिरोसिमा क्षेत्र तिर लागेको छ। कंडेल प्यानल यतीबेला चुनाब जित्ने मा ढुक्क जस्तै छ।

२१ गते हुदै गरेको निर्वाचन मा ९०० बराबर मतदाताले ९ वटा  क्षेत्रमा मतदान गर्नेछन। २४ तारीक हुने घोषणा सभा मा नेपाल बाट युवा नेता रमेश रिजाल र बिश्वप्रकास शर्मा २२ तारीक बिहान जापान आईपुग्ने कार्यक्रम तय भएको छ।