पु.समाचार

काठमाण्डौमा नक्कली पाइलट पक्राउ

काठमाडौ । निजी क्षेत्रको लोकप्रिय एयरलाइन्स बुद्ध एयरका पाइलट नक्कली प्रमाणपत्र प्रयोग गरेर जहाज चलाएको आरोपमा पक्राउ परेका छन् ।नक्कली प्रमाणपत्रको आरोपमा बुद्ध एयरका पाइलट स्वच्छन्द घले जहाज उडाए फर्कदै गर्दा पक्राउ परेका हुन् ।
घलेले आइएस्सी नै नगरी जहाज चलाएको भन्दै पक्राउ गरेको भन्दै सोमबारको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ । आइएस्सी नै नपढी पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।
घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर भएको बताइएको छ ।