समाचार

कोलम्बियामा युद्ध समाप्त भएको घोषणा

एजेन्सी– कोलम्बियाली जनताका लागि अब खुसीको खबर प्राप्त भएको छ । लामो समय शसस्त्र विद्रोह गर्दै आएको कोलम्बियाको विद्रोही समुहले अब राज्यविरुद्ध थप लडाई नगर्ने घोषणा गरेपछि यस्तो खुसी छाएको हो ।

विद्रोही समुहका नेताले लामो शसस्त्र संघर्षको अन्तको घोषणा समेत गरेका छन् ।

अघिल्लो हप्ता मात्र त्यहाँको सरकार विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्ष गर्ने सहमति भएको थियो । विद्रोही पक्षले गरेको युद्ध समाप्तीको घोषणालाई कोलम्बियाको शान्ति प्रक्रियामा कोसेढुंगाको रुपमा हेरिएको छ ।