समाचार

अर्घाखाँचीमा बस दुर्घटना ११ को मृत्यु, ४ गम्भिर घाईते

तुलसा खनाल
सन्धिखर्क । तीन जना बच्चा सहित १९ जना यात्रुलाई बोकेको यात्रुबाहक बस अर्घाखाँचीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते धेरै भएपनि चार जनाको अवस्था गम्भीर रहेको रुथानीय अस्पतालले बताएको छ ।
ग १ ज ४८७८ नम्बरको जीप अर्घाखांचीको सदरमुकाम सन्धिखर्कबाट पयुठान जाँदैगर्दा अपरान्हतिर पोष्टापाटको भीरबाट झण्डै आठ सय मीटर तल खसेर दुर्घटना हुन पुगेको हो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको भनिएको बस चालकलाई भने प्रहरीले हिरासतमा राखेको छ ।

मृत्यु हुनेमा अधिकांश हंसपुर भएको उनीहरुको परिचयपत्रमा उल्लेख छ । हंसपुरका ३५ वर्षीय मिनबहादुर केसी, बर्ष ३६ वर्षीय देवबहादुर थापामगर, ४५ वर्षका हुमबहादुर घर्तीमगर, ४५ वर्षका रामबहादुर घर्तीमगर र धारापानी(६ ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको छ।

त्यसैगरी प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले बताए अनुसार सन्धिखर्कका नारायणबहादुर राना, ३२ वर्षीया सीता नेपाली, गुल्मीको पुर्कोटदह-८ का ५९ वर्षका भेषबहादुर थापामगर, ३७ वर्षीय जिवबहादुर कुँवर, ५९ वर्षीय बुद्धिबहादुर परियार र प्यूठान बांगेमरोठ ८ का ६८ वर्षीय शोभा सिंह रोकामगरको पनि दुर्घटनास्थलमा नै मृत्यु भईसकेको छ ।

अर्घाखाँची सदरमुकाम माट ३० बिलोमीटर पश्चिम भएको दुर्घटनामा कमला पौडेल र जीतबहादुर कुवँरको भने उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

गम्भीर घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटबल लगिएकोअर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले सुर्यखबरलाई बताएका छन् ।

केहि घाईतेहरुको भने जील्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको बताईएको छ ।